गण्डकमा भारतले सम्झौता अनुसार पानी दिएन

काठमाडौ. । भारतले गण्डक नहरमा ४५० क्युसेक मत्र पानी छाडेको छ । नेपाल र भारतबीचको गण्डक सम्झौता अनुसार ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा त्यसको झन्डै आधा कम दिएको हो ।

बहुअरीस्थित नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयका इन्जिनियर सुरेश शाहका अनुसार मंगलबारसम्म नहरमा ४५० क्युसेक मात्र पानी आएको छ ।

डिभिजन कार्यालयले भारतले कम पानी दिएको बिषयमा सोमबार सिंचाई विभागलाई पत्राचार गरेको छ । नहरमा पानी कम आए बाराको पूर्वी भेगसम्म पनि पानी पु¥याउन गार्हो हुने साहले बताएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

You might also like

Comments are closed.