गण्डकी प्रदेशको अर्थ तथा विकास समिति पुग्यो घोप्टेभीर

 

पोखरा ।

गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ ।

पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । । वर्षादका कारण ठाउँठाउँमा अबरुद्ध भएको सडकमा कतै पहिरो पन्छाउदै त कतै ढुङगा हाल्दै समिति घोप्टेभीर पुगेको हो । अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाको नेतृत्वमा गएको टोलीले बेसीशहर चामे सडक अन्तर्गतको बेसीसहर नगरपालिका ७ सहजी नजिकै पुमाखोला, वडा नं ६ खरखरे ,बेलौती विसौना, मस्र्याङदी गाउँपालिका वडा नं ४ घोप्टेभीर लगायतको ठाउँमा पहिरोले क्षति पु¥याएको सडक खण्डको निरिक्षण गरेको हो । घोप्टेभीरमा पहिरोको कारण बेलीव्रीजनै निर्माण गर्नुपर्ने अबस्था सृजना भएको छ ।अनुगमन पश्चात सभापति कोइरालाले छिटो भन्दा छिटो बेलीब्रीज हालेर बाटो सुचारुगर्न डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुखलाई आग्रह गर्नुभयो । मनाङ र लमजुङका जनताको दैनिक जिवनस्तरमा असरपरेकोले तिव्रगतिमा कामगर्न सुझाब दिए ।

jutta mela

सडक खण्डको स्थलगत अवलोकन पछि समितिको तर्फबाट प्रदेश सरकारलाई छिटो काम अगाडि बडाउन निर्देशन दिने पनि कोइरालाले बताए ।लमजुङ र मनाङका नागरिकलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको पनि दायित्व भएको बताउदै मनाङ जिल्ला पनि प्रदेश सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकाले यसमा प्रदेश सरकारले चासो राख्नुपर्ने उनको भनाई छ । तिन तहको सरकार हुँदा पनि नागरिकका समस्या उस्तै रहेको ,बाटाघाट उस्तै रहेको र निर्माण कार्यले गति लिन नसेको गुनासो यत्रतत्र आउने गरेको बताउदै उनले यसले गर्दा सरकारको कार्यशैली माथि प्रश्न उठेकोले त्यो प्रश्न हल गर्न पनि समयमा काम हुनुपर्ने बताए ।केही दिन पहिले बेनी जोमसोम सडक खण्डको अबलोकन गरेको स्मरण गर्दे सभापति कोइरालाले अबको केही दिनमा अबरुद्ध बेनी जोमसोमको बाटो सञ्चालन आउने जानकारी दिए ।

निरिक्षणमा सभापति कोइरालासहित समितिका सदस्यहरु हरिशरण आचार्य, डोबाटे विश्वकर्मा, सरिता गुरुङ, प्रदेश सभा सदस्य मधु अधिकारी, जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, बेसीशहर नगरपापालिका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापा,भौतिक पूर्वाधार विकास कार्यलयका प्रमुख राम पराजुली, डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुख अमित कुमार श्रेष्ठ ,अर्थ तथा विकास समितिका सचिव सिर्जना आचार्य ,संचारकर्मी लगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो । डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुख अमित कुमार श्रेष्ठले मंगलबारदेखिनै घोप्टेभीरमा बेलीव्रिज निर्माणको लागि काम थाल्ने प्रतिबद्धता व्यक्त गरे ।। उनले बेलीव्रिज निर्माणको लागि एक महिना लाग्ने बताए ।

घोप्टेभीरको सडक खण्ड पहिरोले पुरै भाग बगाइदिदा सडक संञ्जाल संग मनाङ सम्पर्कविच्छेद भएको छ । घोप्टेभीरबाट मनाङका नागरिकहरु फड्के बाट जोखिम पुर्णरुपमा आवतजावत गरिरहेका छन् । स्थानीय जीत बहादुर गुरुङले चार दिनमा चारवटा फट्के बाढी बगाइदिएको भन्दै सडक नहुदा आफुहरुले दुःखपाएको गुनासो गरे ।

समितिले जिल्ला प्रशासन कार्यालयमा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा सहित,समन्वयका प्रमुख लोकराज पाण्डे, बेसीशहर नगरपापालिका प्रमुख गुमानसिंह अर्याल, प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापा,भौतिक पूर्वाधार विकास कार्यलयका प्रमुख राम पराजुली, डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुख अमित कुमार श्रेष्ठलगायत संग अन्तरक्रिया समेत गरेको थियो । अन्तरक्रियमा बोल्नेहरुले स्थानीय तह, प्रदेश र संघको सडकको मापदण्ड फरकफरक हुदा सडक निर्माणमा समस्या आएको गुनासो गरेका थिए ।। प्रदेशको ७ मिटर ,संघको ८ मिटर बेसीशहर नगरपालिकाको १० मिटर सडक निर्माणको मापदण्ड भएकोले एउटै सडकमा तीन तहको सरकारको काम हुदा सडक राम्रो भन्दा पनि कुरुप देखिने गुनासो मेयर अर्यालको थियो ।

You might also like

Comments are closed.