गभर्नर लम्साललाई लायन्स अन्तर्राष्ट्रियबाट प्रदान गरिने सबैभन्दा ठूलो सम्मान

काठमाडौं । लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले लायन्स अन्तर्राष्ट्रियबाट प्रदान गरिने सबैभन्दा ठूलो सम्मान प्राप्त गरेकी छन् । गभर्नर लम्सालले ‘एम्बास्डर अफ गुडविल अवार्ड’ प्राप्त गरेकी हुन् ।

डिष्ट्रिक्टको शनिबार सम्पन्न आठौं महाधिवेशनमा प्रमुख अतिथि पास्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले उक्त अवार्डको घोषणा गरे । ‘लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान प्राप्त गर्दा निकै खुसी लागेको छ,’ गभर्नर लम्सालले भनिन् ।

लायन्स अन्तर्राष्ट्रियबाट प्रदान हुने सबैभन्दा ठूलो सम्मान डिष्ट्रिक्ट गभर्नरले प्राप्त गर्नु डिष्ट्रिक्ट र नेपालकै लागि गौरवको विषय भएको क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले बताए ।

You might also like

Comments are closed.