गरिमा बैंक र आमा बहुउद्देश्यीय सहकारी स्याङजाबीच गरिमा रेमिट सम्झौता

आर्थिक आवाज
पोखरा । स्याङजाको कालीगण्डकी गाउँपालिकास्थित आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेड र आमा बहुउद्देश्यीयसहकारी संस्था लि.बीच शुक्रबार सम्झौता भएको हो ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आमा बहुउद्देश्यीय सहकारीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आमा बहुउद्देश्यीय सहकारी संस्थाले गरिमा रेमिटमार्फत रकम पठाउन र भुक्तानी गर्न सक्नेछ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ९ वटा शाखा सहित देशभर ८७ शाखा र ४३ वटा एटीएम संचालनमा छन् । बैंकले ३३ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायले जानकारी दिए ।

You might also like

Comments are closed.