ग्लोबल रिच ३०औं वर्षमा प्रवेश

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिच ३०औं वर्षमा प्रवेश गरेको छ । ग्लोबल रिचले स्थापनाको २९औं वार्षिकोत्सव बिहीबार मनाएको हो ।

ग्लोबल रिचले नेपाली विद्यार्थी तथा अभिभाबकको माया तथा विश्वास आर्जन गर्न सफल भएको वार्षिकोत्सवको अवसरमा प्रवन्ध निर्देशक नारायण बजाजले बताए । नेपालमा काठमाडौंसहित पोखरा, चितवन र वुटवलमा गरी ग्लोबल रिचका ४ शाखा छन् ।

ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता संस्था हो । भारतमा मूख्य कार्यालय रहेको कम्पनीको विश्वव्यापी ४ दर्जन भन्दा बढी शाखाहरु छन् ।

You might also like

Comments are closed.