घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितलेको मूल्य प्रति लिटर २/२ रुपैयाँले घटाउने निर्णय गरिएको हो ।

आजै भारतबाट नेपालमा पेट्रोलियम पाइपलाइन मार्फत डिजेल भित्रिएको छ र यसको औपचारिक शुभारम्भ भएको छ । पेट्रोलियम पाइलाइनको उद्घाटन हुनुभन्दा केहि पहिले आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले अमलेखगञ्जबाटै मूल्य घटाउने घोषणा गरेका हुन् ।

निगमले एक सूचना प्रकाशित गरी यसको जानकारी समेत दिएको छ । एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ र डिजेल तथा मट्टितेलको समान ९५ रुपैयाँ कायम हुनेछ ।

You might also like

Comments are closed.