चाडपर्वमा पनि अपेक्षाकृत बिक्री भएनन् गाडी, के होला यसको असर ?

काठमाडौं । यस वर्षको दशैं लगायतका चाडपर्वमा सवारी साधनको बिक्री बिगतका वर्षहरुको तुलनामा निकै कम भएको छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष सवारी साधनको कारोबार उल्लेख्य मात्रामा हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।

नजिकको हाम्रो छिमेकी देश भारतमा सवारीसाधनको बिक्रीमा मन्दी आएको खबर सुनिरहेका नेपाली अटोमोबाइल व्यवसायीहरु आफ्नै देशमा समेत यस्तो अवस्था आउने अनुमान गर्न थालेका छन् । सवारीसाधन बिक्री हुने मुख्य सिजन दशैंमा नै सोचेभन्दा निकै कम कारोबार हुँदा यसले अटो क्षेत्रमै दीर्घकालीन मन्दीको शुरुवात भएको हो कि भन्ने उनीहरुले शंका समेत गर्न थालेका छन् । दशैभन्दा केही समय अगाडि सम्पन्न नाडा अटो शोमा विगतका बर्षहरुमा भन्दा यस वर्ष कारोबार निकै कम भएको बताएका उनीहरुले दशैंमा केही सुधार हुने अपेक्षा गरेका थिए ।

तर दशैमा पनि कारोबार सोचे अनुसार हुन नसकेपछि उनीहरु निराश भएका हुन् । व्यवसायीका अनुसार अघिल्लो वर्षको तुलनामा यस बर्षको दशैं तिहारमा आधा भन्दा बढीले कारोबार कम भएको हो ।

jutta mela

उच्च भन्सार र अन्तशुल्कका कारण महंगो बनेको सवारीसाधनमा राष्ट्र बैंकले कर्जामा कडाई गरेसँगै सवारीसाधन खरिद झनै कठिन बन्दै गइरहेको छ । तरलता अभाव देखाउँदै बैंकहरुले अटो लोनमा कडाई समेत गरिरहेका छन् । जसका कारण सवारीसाधनको कारोबार प्रभावित बनेको हो ।

अर्थतन्त्रमा कस्तो असर पर्ला ?

सरकारले आयातलाई कडाई गर्ने नीति अख्तियार गरेसँगै अहिले अटोमोबाइल लगायत अन्य विलासी सामानहरुको आयातमा कमी आइरहेको छ । जसका कारण राजश्व संकलमै यसले असर पु¥याएको छ ।

सवारीसाधनमा उच्च कर लगाई राजश्व संकलन गर्दै आइरहेको सरकारको ढुकुटीमा यसले तत्काल असर पु¥याउने देखिन्छ । दीर्घकालीन असरका रुपमा यसले आम सर्वसाधारण एवं अर्थतन्त्रकै मोबिलिटीमा असर पु¥याउने निश्चित छ । नेपालमा सवारीसाधन खरिद गर्ने अधिकांश उपभोक्ता मध्यम बर्गिय छन् । उनीहरुले आफ्नो व्यापार व्यवसायलाई सहयोग पुग्ने अपेक्षा सहित निजी सवारीसाधन खरिद गर्छन् । तर अहिलेको प्रावधानले त्यो बर्गलाई निजी सवारीसाधनको पहँचबाट टाढा राख्ने देखिन्छ ।

यसो भयो भने रोजगारीको सिर्जनामा समेत यसले असर पार्नेछ । सार्वजनिक सवारीसाधन व्यवस्थित नभएको हाम्रोजस्तो मुलुकमा निजी सवारीसाधन माथि अंकुश लगाउने गरी ल्याइएको हालको नीतिले ठूलाबडालाई खासै असर नपारे पनि आम सर्वसाधारणलाई भने दीर्घकालीन समयसम्म प्रभाव पार्ने छ ।

धरासायी बन्दै डिलर

नेपालमा आधिकारिक विक्रेता कम्पनीले सवारीसाधन आयात गरी देशका विभिन्न भागमा डिलरमार्फत सवारीसाधन बिक्री गर्दै आइरहेका छन् । करोडौं रकम लगानी गरी डिलरसिप लिएका त्यस्ता डिलरहरु अहिलेको अवस्थाबाट बढी मर्कामा पर्न थालेका छन्

आयातकर्ता कम्पनीले दिएको निश्चित मार्जिनबाट व्यापार धान्नुपर्ने उनीहरु सवारीसाधनको माग नै कम भएपछि डिलर बन्द गर्ने मनस्थितिमा समेत पुग्न थालिसकेका छन् । अघिल्लो बर्षमात्र एक कार कम्पनीको डिलरसिप लिएका एक व्यवसायीले आफ्नो गुनासो सुनाउदै भने, ‘यदि अहिलेकै अवस्था अवको २÷४ महिनासम्म लम्विने हो भने यो व्यवसायबाट विस्थापित हुनुको अर्को बिकल्प मेरो रहने छैन ।’ उनका अनुसार सोरुम निर्माणकै लागि २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेका उनले यो एक बर्षको अवधिमा उल्टै १० लाख घाटा समेत वेहोर्नु प¥यो ।

सोरुममा कर्मचारीको खर्च, सोरुमको भाडा, बैंकको व्याज लगायत अन्य खर्च जोड्दा मासिक डेढ लाखको हाराहारीमा नोक्सान वेहोर्दै आइरहेको उनले दुखेसो पोखे । ‘महिनामा मुस्किलले ४ वटा मात्र गाडी बिक्री भइरहेको छ । यसले हाम्रो खर्च धान्ने अवस्था छैन, त्यसैले अव डिलरसिप नै खारेज गर्ने मनसायमा पुगेको छु । अहिलेको अवस्थामा तत्काल सुधार आउने संकेत देखा नपरेका कारण अव यो व्यवसायमा थप जोखिम मोल्न सकिदैन’ उनले भने ।

You might also like

Comments are closed.