चापापानी सिद्वार्थ सहकारीको रक्तदानमा ४६ युनिट रगत सङ्कलन

पोखरा । चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी सस्थाँ पोखरा १२ ले आफ्नो १५ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान तथा निःशुल्क मधुमेह तथा प्रेसर जाच कार्यक्रममा ४६ युनिट रगत सङ्कलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले पहिलो रक्तदाता तथा कार्यक्रम संयोजक मनोज कार्कीलाई व्लड व्याग हस्तान्त्रण गर्दै सहकारीले अहिलेको विषम परिस्थितिमा यस्तो पुण्य काम गरेकोमा सहकारीलाई धन्यवाद दिएका थिए ।

संस्थाका संरक्षक तथा निर्वतमान अध्यक्ष नरेशबहादुर कार्कीले सहकारीले विभिन्न समयमा सामाजिक उतरदायित्वका कामहरु गरिरहेको बताउदै यस्तो पुण्य काम सहकारीले गर्न पाएकोमा संस्थाप्रति गर्व लागेको बताए ।

jutta mela

सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरापत्र राष्ट्रिय दैनिकका कार्याकारी सम्पादक शोभाकान्त सिग्देल, रक्तसञ्चार केन्द्र पोखराकी प्राविधिक यमुना केसी लगायतले आफ्ना धारणा राखेका छन् ।

सहकारीका उपाध्यक्ष श्यामप्रसाद साँखीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा भण्डारी कोइरालाले गरेकी हुन् । व्यवस्थापक करूणा शाहीले सहकारीका ७ सिद्धान्तबारे जानकारी दिएको कार्यक्रममा १६५ जनाले मधुमेह तथा प्रेसर जाँच गरेका गराएका छन् ।

You might also like

Comments are closed.