चिकित्सक सहित गण्डकी प्रदेशमा थपिए ५१ जना कोरोना संक्रमित

पोखरा ।
गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या
३ हजार ४ सय २ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ५१ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा नवलपरासी पुर्वका ३४ जना, स्याङ्जाका १, तनहुँका ३ जना र कास्कीका १३ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित मध्य १ जना चिकित्सक  छन् ।

jutta mela

You might also like

Comments are closed.