चुनाव जितेर नेकपा अझ एकढिक्का र थप शक्तिशाली भएको सन्देश दिन्छौं : प्रचण्ड

पोखरा, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की निर्वाचन क्षेत्र नम्बर २ को चुनाव जितेर राष्ट्रिय राजनीतिमा नेकपा बलियो भएको सन्देश दिने बताएका छन् । नेकपा कास्की निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कमिटीले विहीबार अपराह्न गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कास्कीको चुनाव जितेर नेकपा अझ बढी एकढिक्का र थप शक्तिशाली भएको सन्देश दिने बताएका हुन् ।

उपनिर्वाचनका लागि प्रतिनिधिसभाको एक मात्र निर्वाचन हुने कास्की २ सहित देशैभर हुने चुनावका लागि सर्वसम्मत निर्णय गरेर उम्मेद्वार बनाएको भन्दै उनले भने, ‘उम्मेद्वार बनाउँदा पनि एकढिक्का भएर सर्वसम्मत निर्णय गरेका छौं, अब ति उम्मेद्वारलाई जिताएर कास्कीबाट पार्टी थप एक ढिक्का भएको र अझ शक्तिशाली भएको सन्देश दिनु छ, त्यो दिएरै छाड्नेछौं ।’ प्रचण्डले पार्टी एक ढिक्का बनाउने मिसन भएको भन्दै त्यो मिसन चुनाव जितेमात्र सफल हुने बताए । त्यसका लागि एकढिक्का भएर चुनावमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले उप चुनाव अन्तर्गत हुने चुनावको मनोनयन उत्साहजनक भएकाले अब मतदानसमेत सभ्य र भव्य रुपमा उत्साहजनक तरिकाले सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनलाई सफल बनाएर लोकतान्त्रिक अभ्यासको नया आवश्यक्ताको रुपमा स्थापित गर्न जरुरी रहेको बताए । चुनाव वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने खुड्किलोसमेत भएको बताए । त्यसैले निर्वाचन आयोग, सरकार र पार्टीहरु मिलेर चुनाव सफल बनाउनुपर्ने उनको भनाई थियो ।

jutta mela

अध्यक्ष प्रचण्डले बागलुङमा जनमोर्चालाई सघाउने सहमति भएकाले त्यहाँ आफ्नो पार्टीकाले उम्मेद्वारी दर्ता गरेको भए त्यो फिर्ता हुने बताए । तर अर्कै कोहिले दर्ता गरेको भए त्योसँग प्रतिष्पर्धा गर्नुको विकल्प नरहने स्पष्ट पारे ।

भारतले नक्सा सच्याउनुपर्छ

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले भारतको नक्सामा नेपालको लिपुलेक र कालापानीसमेत पारेको प्रति आपत्ति जनाए । सरकार र पार्टीले यसप्रति धारणा सार्वजनिक गरिसकेको भन्दै उनले भने,‘नेपाली भुभागहरु कालापानी र लिपुलेक भारतमा पार्नु आपत्तिजनक छ, यो कुनैपनि हालतमा सह्य हुँदैन ।’ प्रचण्डले नक्सा सच्याउन भारतलाई चेतावनी दिए । भारतले गल्ती स्विकारेर नेपाली भूमी हटाउँदै नक्सा सच्याउनुपर्ने उनको भनाई थियो । सरकार, पार्टी र आफू बोलेको कुरालाई सामान्य प्रक्रियाका रुपमा नबुझ्न आग्रह गर्दै उनले भने,‘अब प्रक्रियागत रुपमा भारतसँग कुरा हुन्छ, आपत्ति जनायो अनि सिद्धियो हुँदैन, सच्याउने गरी अघि बढ्छ ।’

अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखहरुको बर्खास्तको विषय निर्वाचन आचारसंहितासँग सम्बन्धित नभएको बताए । पहिल्यै फाल्नुपर्ने प्रदेश प्रमुखहरुलाई नेकपाको दुई तिहाई सरकारले ढिलागरी फालेको भन्दै यसलाई उदारताको रुपमा हेरिनुपर्ने बताए । प्रदेश प्रमुख सरकारको सहयोगीजस्तै हो,‘उनले भने,‘पहिलेको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुले नेकपाको सरकार आएलगत्तै नैतिकताको आधारमा राजिनामा दिनुपथ्र्यो, तर उहाँहरुले दिनुभएन, नेकपा सरकारलेपनि पहिल्यै फाल्नुपथ्र्यो, तर उदारता देखाएर अहिलेसम्म राख्यो, त्यसैले पहिल्यै गर्नुपर्ने काम नेकपा सरकारले ढिला गरेर भएपनि राम्रो निर्णय गरेको हो ।’

You might also like

Comments are closed.