चौथो आदिबासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी

आर्थिक आवाज
चौथो आदिबासी जनजाति तनहुँ साँंस्कृतिक एवं पर्यटन महोत्सवको तयारी सुरु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना कात्तिक २० देखि ३० गतेसम्म व्यास ४ सिमलटारमा महोत्सव हुनेछ ।

संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष एवं महोत्सवका मूल संयोजक वसुन्धरा घर्तीले जानकारी दिइन् । स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा पनि महोत्सव सहयोगी हुने उनले बताइन् ।

महोत्सवका आकर्षणमा सांस्कृतिक प्रदर्शनी, आदिबासी जनजातिको विशेष प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति तथा हास्य प्रहशन रहनेछ । कौराहा तथा लोकदोहोरी प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्ने घर्तीले बताइन् ।

jutta mela

‘महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री हुनेछ,’ उनले भनिन् । शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी, अटो मोबाइल प्रदर्शनी एवं बिक्री, मादी र सेती नदीमा जलबिहार, फोटो प्रदर्शनी, आदिबासी जनजातिका खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, सूचना तथा प्रविधि प्रदर्शनी लगायतका गतिविधि महोत्सवमा समावेश गरिने घर्तीले जानकारी दिइन् । बिगत वर्षहरुमा भन्दा फरक शैलीमा महोत्सव सञ्चालन गरिने उनले बताइन् ।

You might also like

Comments are closed.