छठ पर्बका व्रतालुलाई बेष्ट फाइनान्सद्वारा प्राथमिक स्वास्थ्य सेवा

आर्थिक आवाज
पोखरा । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कमलपोखरी उपशाखाको सहकार्यमा कार्यक्रम गरिएको हो ।

सो अवसरमा छठ मेलामा उपस्थित २ सय भन्दा बढी व्रतालुहरुलाई आवश्यकता अनुसार प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आइरहेको तथा सो कार्य नियमित गर्दै जाने अधिकारीले बताए । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कम्पनीले १४ शाखा मार्फत देशका विभिन्न शहरहरुबाट आधुनिक बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.