जनप्रियलाई विश्वविद्यालय बनाउने छु : नवनिर्वाचित अध्यक्ष गिरी

आर्थिक आवाज
पोखरा । मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पस पोखराको सञ्चालक समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्याम्पसको २१ औं साधारणसभा तथा आठौं अधिवेशनमा गिरीले २ सय २७ मत ल्याएका थिए ।

अध्यक्षका प्रत्यासी विष्णु बराललाई पराजित गर्दै आगामी ३ वर्षे कार्यकाल २०७९ सम्मका लागि गिरी निर्वाचित भएका हुन् । सर्वसम्मत समिति छान्ने प्रयास भए पनि सहमति नजुटेपछि अध्यक्षका पदमा मात्रै निर्वाचन भएको थियो । अध्यक्षका प्रत्यासी बरालले १ सय ९९ मत ल्याएका थिए ।

कूल ५ सय ३७ सिनेटर रहेको क्याम्पसमा ४ सय ३२ मत खसेको थियो । ६ मत बदर भएका थिए । अध्यक्षमा विजयी भएपछि गिरीले क्याम्पसले देखेको मानित विश्वविद्यालयको सपना साकार बनाउने प्रतिवद्धता गरे ।

jutta mela

सदस्यका आकांक्षी कमलराज सापकोटा र बलराम बरालले सहमतिमा नाम फिर्ता लिएपछि क्याम्पस सञ्चालक समितिका ११ जना सदस्य सर्वसम्मत रूपमा निर्वाचित भए । सर्वसम्मत सदस्यहरूमा धु्रवराज चालिसे, वीरबहादुर अधिकारी, राजेन्द्र पहारी, सोमनाथ बराल, अर्जुन श्रेष्ठ, विश्वकुमार विजुक्छे, नम्रता बराल, देवकृष्ण पराजुली, किरण बराल, जनकराज पराजुली, ऋषभलाल तिमिला छन् ।

निर्वाचन समितिका संयोजक अधिवक्ता मुकुन्दराज अर्यालले यसै हप्ताभित्र सञ्चालक समितिका निर्वाचित अध्यक्ष र सदस्यहरूलाई पदस्थापन गराउने जनाए । निर्वाचन समितिका सदस्यमा श्रीकान्त शर्मा खतिवडा र कृष्णप्रसाद तिमिल्सिना रहेका थिए ।

क्याम्पस सञ्चालन नियमावली २०५४, छौटौं संशोधन २०६९ को नियम ६.३ अनुसार बसेको २१ औं साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को अनुमानित आयव्यय, कोषाध्यक्ष र क्याम्पस प्रमुख विरञ्जी गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।

प्रमुख अतिथि सम्मानार्थक संरक्षक शोभा प्रधानले ३० वर्ष पहिलेको शिक्षाको भोक मेटिएको बताउँदै क्याम्पसले अझ् प्रगति गरोस भन्ने चाहना रहेको बताइन । साधारणसभामा सभासद् विरेन्द्रनारायण विजुक्छे, कर्मचारी संघकी अध्यक्ष राधादेवी वास्तोला र स्ववियु सभापति आशिक गुरुङले शुभकमाना दिएका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर कुँबरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवका पहारीले स्वागत मन्तव्य राखेकी थिइन भने सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले सभा सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.