जन्मदिनको अवसरमा निष्ठाले गरिन् सामाजिक काम

पोखरा । पोखरा ८ निवासी निष्ठा श्रेष्ठले सामाजिक कार्य गरी आफ्नो जन्मदिन मनाएकी छन् । मानवसेवा आश्रम शाखा कार्यालय छोरेपाटन पोखरामा रहेका आश्रितहरुलाई भोजन खुवाएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

भजन सेवा बापत उनले २० हजार १५ रुपैयाँ आश्रमलाई सहयोग गरेकी छन् । सामाजिक कार्य गरी जन्मदिन मनाउने उद्देश्यले आश्रमलाई सहयोग गरेको उनले बताइन् । फजुल खर्च गर्नुकोे सट्टा यसरी जन्मदिन मनाउँदा मनमा आनन्द प्राप्त हुने उनको अनुभव छ ।

You might also like

Comments are closed.