जिल्ला प्रशासन कार्यालय तनहुँको उत्कृष्ट कार्यालय ः प्रजिअ शर्मा

तनहुँ, २३ बैशाख
तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्ला प्रशासन कार्यालयलाई जिल्लाको उत्कृष्ट कार्यालय बनाइएको बताएका छन् ।

तनहुँमा आफ्नो १४ महिने कार्यकाल पश्चात सरुवा भएका शर्माले विहीवार पत्रकारहरुसँग कुराकानी गर्दै विभिन्न आधारहरु प्रस्तुत गरी जिल्ला प्रशासन जिल्लाकै उत्कृष्ट कार्यालय भएको दावि गरेका हुन् ।  हरेक महिना एक स्थानीय तहमा घुम्ती सेवा शिविर सञ्चालन गर्ने गरिएको, कार्यालय परिसरमा स्तनपान कक्षको व्यवस्था गरिएको, सेवाग्राहीहरुलाई खानेपानीको व्यवस्था गरिएको , विश्रामस्थलरप्रतिक्षालयको व्यवस्था गरिएको, आवश्यक निवेदन फारामहरु निशुल्क उपलब्ध गराउने गरिएकाले प्रशासन उत्कृष्ट कार्यालय भएको हो उनले भने ।

साथै कार्यालयमा निशुल्क ईन्टरनेट सेवा ,हरेक फांटसंग सम्बन्धित सेवाग्राहीलाई पंखाको व्यवस्था, कार्यालय भित्रैवाट हुलाक टिकट उपलब्ध गराइएको शर्माले जानकारी दिए । कार्यालय समय पश्चात पनि सेवाग्राहीहरुको काम सकेर मात्र कर्मचारीहरु जाने गरेको , कर्मचारीहरु आलोपालो गरेर मात्र खाजा खान जाने गरेको , कार्यालयका गतिविधिहरुको जानकारी प्रदान गर्न मोवाईल एपको व्यवस्था गरिएको, डिजिटल नागरिक वडापत्रको व्यवस्था गरिएको , दर्जा पुगेको कर्मचारी सहितको सोधपुछ कक्षको व्यवस्था गरिएको, गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको, सूचना अधिकारीको व्यवस्था गरिएकाले शर्माले बताए ।

jutta mela

कम्प्यूटरकृत नागरिकता तथा अन्य सेवा प्रवाह ,कुनै कर्मचारी बिदामा बसेका बखतमा समेत सेवाग्राहीको काम नरोकिने व्यवस्था मिलाईएको, प्रजिअवाट मातहतका अधिकृतहरुलाई अधिकार प्रत्यायोजन गरिएको, सबै कर्मचारीहरुवाट सेवाग्राहीसंग बिनम्र व्यवहार प्रस्तुत गर्ने गरिएको , सबै कर्मचारीहरुद्धारा सामूहिक भावनाले प्रेरित भै कामकाज गर्ने गरिएको , कार्यालयका गतिविधीको जानकारी प्राप्त गर्न कार्यालयमा फेसबुक पेजको समेत व्यवस्था गरिएको लगायतका आधार प्रस्तुत गर्दै शर्माले कार्यालयबाट सम्पादन गरिएका कार्यको जानकारी गराए ।

कार्यालयमा सेवाग्राहीको साथमा आउने स(साना बालबच्चालाई झोलुङ्गोको व्यवस्था गरिएको, महिला पुरुषका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको, कार्यालय परिशर भित्रै चमेना गृहको व्यवस्था गरिएको , दैनिक स्टाफ मिटिङ बसी कर्मचारीहरु बीच कार्यालयका समस्यारकमी कमजोरी समाधानको लागि अन्तरक्रिया गर्ने गरिएको, कार्यालय परिसरमा बंगैचाको व्यवस्था गरिएको, कार्यालय परिसरमा दैनिक सरसफाई गरी बातावरण मैत्री बनाईएको, कार्यालय अपाङ्गमैत्री र कार्यालयमा बिचौलियाको प्रबेशलाई निषेध गराइएकाले प्रशासन कार्यालय जिल्लाको उत्कृष्ट कार्यालय भएको भन्दै उनले खुशी व्यक्त गरेका थिए ।

१४ महिने कार्यकाल सफल

तनहुँमा १४ महिने कार्यालय पुरा गरी रुपन्देही सरुवा भएका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आफ्नो कार्यकाल सफल भएको बताएका छन् ।

जिल्ला स्थित सम्पुर्ण संघसंस्थाको सहयोग र सदभावका कारण जिल्लाको शान्ति सुव्यवस्थामा उल्लेख्नीय सुधार भएको चर्चा गर्दै शर्माले कार्यकाल सफल भएको बताएका हुन्। आफ्नो कार्यकालमा जिल्लामा कुनै पनि अप्रिय घटना नघटेको र विपद् व्यवस्थापनमा पनि कार्य गरेको बताए ।

पहिलो पटक तनहुँको प्रजिअको जिम्मेवारी निर्वाह गरेको बताउदै उनले तनहुँ बसाइ आफ्नो लागी चुनौती र अवसर दुवै भएको बताए । आफुले पुरै ध्यान कार्यालयलाई सेवाग्रहीमैत्री बनाउन लगाएको हो जसमा मलाई अपेक्षित उपलब्धी पनि मिलेको छ उनले भने ।

कुनै पनि कार्यको लागी कतैबाट दबाव नभएको भन्दै शर्माले सबै राजनीतिक दल, उद्योग, व्यवसायी, नागरिक समाज सबैसँग समन्वय गर्दै अघि बढेको सुनाए ।

१४ महिने कार्यकाल पुरा गरी जान लागेका प्रजिअ शर्मालाई जिल्लाका विभिन्न संघसंस्थाले औपचारीक कार्यक्रमको आयोजना गरी विदाई गरेका थिए ।

You might also like

Comments are closed.