जुवा खेल्दै हुनुहुन्छ ? पक्राउ पर्नुहोला ! यसरी समातिए पोखरामा जुवाडे

पोखरा । तिहारमा जुवा खेल्दै हुनुहुन्छ ? यदि जुवा खेल्दै हुनुहुन्छ भने तपाईं पक्राउ पर्ने सम्भावना पनि उत्तिकै छ । जुवा खेल्नेहरुलाई कास्की प्रहरीले निगरानी बढाएको छ ।

जुवा खेलेको जानकारी पाउनासाथ कास्की प्रहरीको विशेष टोलीले जुवाडेहरुलाई पक्राउ गर्ने क्रम बढेको छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नं ६ पहारीमार्गमा एक होटलबाट जुवाडेहरु पक्राउ परेका छन् ।

छवि पौडेलले संचालन गरेको होटल क्रिस्टल प्यालेसमा जुवा खेलाइरहेको भन्ने स्थानीयको सूचनाको आधारमा प्रहरी टोलीले जुवाडेहरुलाई पक्राउ गरेको हो । तास खेली खेलाई रहेको अबस्थामा तासका गड्डी सहित जुवातास खेल्ने खेलाउने छवि पौडेलसमेत ९ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो । नगद १० लाख ५८ हजार ५ सय १० सहित पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

You might also like

Comments are closed.