झापालाई हराउँदै मनाङ सेमीफाइनलमा

सन्देश श्रेष्ठ
पोखरा । ५ पटकको उपाधि बिजेता मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा झापा ११ फुटबल क्लवलाई १÷० गोल अन्तरले पराजित गर्दै मनाङ सेमीफाइनलमा प्रवेश गरेको हो । मनाङका लागि अञ्जन विष्टले निर्णायक गोल गरे । उनले खेलको ७५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

आइतबारको खेलमा मनाङले २१ औं मिनेटमै अग्रता लिने मौका गुमायो । निशान लिम्वुको पासमा विमल रानाले प्रहार गरेको बल फष्र्टबारहुँदै बाहिरियो । मनाङले दोश्रो हाफको ईञ्जुरी समयको अन्तिम मिनेटमा गोल अन्तर दोब्बर पार्ने अवसर गुमायो । दयानन्द राईको पासमा सब्ष्टिच्यूट खेलाडी जीवन गुरुङले प्रहार गरेको बल सेकेण्डबारहुँदै बाहिरियो ।

झापालेपनि केहि गोल गर्ने अवसर खेर फाल्दा क्वाटरफाइनलबाटै घर फर्किनु प¥यो । झापाले पहिलो हाफको ईञ्जुरी समयमा गोल गर्ने सुन्दर मौका गुमायो । झापाका सुनिल खड्काले हानेको प्रहार बिपक्षी गोलकिपर मनाङका अशोक बरालले पञ्च गरेर मुश्किलले बचाए । त्यस्तै झापाले दोश्रो हाफको ईञ्जुरी समयमापनि गोल गर्ने अवसर पाएको थियो । तर उक्त अवसरमा गोल गर्न नसक्दा बराबरी गर्ने मौका चुकायो । खेल सकिन करीब २० सेकेण्ड मात्र रहँदा झापाका बिशाल राई ‘बी’को पासमा अभिशेक गुरुङले मैदानको बाया साइडबाट प्रहार गरेको बल फष्र्टबारहुँदै बाहिरिदा झापा सेमीफाइनल नपुग्दै घर फर्किन बाध्य भयो ।

jutta mela

आइतबारको खेलमा मनाङका लागि निर्णायक गोलकर्ता अञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए ।

यसैबीच, आइतबारको खेल २ सयौं म्याच पुगेको उपलक्ष्यमा आयोजक सहारा क्लव पोखराले सेलेब्रेसन गरेको छ । क्याराभान गोल्डकपदेखि अहिलेसम्मको सबै खेल जोड्दा २ सयौं म्याच पुगेको उपलक्ष्यमा बेलुन उडाएर सेलेब्रेसन गरिएको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए । सो अवसरमा क्लवले सांगीतिक प्रस्तुतीका साथमा नृत्यसमेत प्रदर्शन गरेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार थ्रीस्टार क्लव र गान्तोक फुटबल क्लव भारतबीच प्रतिष्पर्धा हुने अयोजकले जनाएको छ ।

You might also like

Comments are closed.