झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १ दशमलव ८५ प्रतिशतले घटेर २ हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर ४६ हजार २३५ पटक खरिदबिक्री हुँदा रु २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह ० दशमलव ०३, लगानी ० दशमलव ०४, जीवन बीमा ० दशमलव १९, लघुवित्त १ दशमलव ८९, म्युचुअल फन्ड ० दशमलव ३० र व्यापार समूह ० दशमलव ३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ ।

jutta mela

आज बैंकिङ ० दशमलव १८, विकास बैंक ० दशमलव १६, होटल तथा पर्यटन ० दशमलव ५७, जलविद्युत् ० दशमलव ७९, उत्पादन तथा प्रशोधन ० दशमलव ३३, निर्जीवन बीमा ० दशमलव १७ र अन्य समूह ० दशमलव ७५ प्रतिशतले घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८ दशमलव ६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य ७ दशमलव ५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु १४ करोड ९८ लाख ८४ हजार ९०१ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको ३ लाख २० हजार ३६४ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.