टिपरको ठक्कबाट साइकलयात्रीको मृत्यु

तनहुँ, २६ जेठ
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका २ गाछेपानीमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी –४ दुलेगौडाका २१ वर्षीय कमल विकको रहेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकल यात्रीलाई ठक्कर दिदा घाइते भएका विकको दुलेगौडाको तनहुँ सेवा अस्पतालमा सामान्य उपचार पछि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.