नेपालभर ‘चेरी क्यू’ को डेलिभरी सुरु

काठमाडौं । नेपालमा CHERY सवारीसाधनको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आफ्नो नयाँ अर्बन SUV CHERY Q को डेलिभरी काठमाडौंसहित नेपालका प्रमुख सहर चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।

सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित CHERY Q मा ४१.२ kWh क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी ADAS (Advanced Driver Assistance Systems) सुविधाहरू रहेका छन्। आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन SUV ले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। साथै, CHERY Q ले प्रतिष्ठित Red Dot Design Award 2025 र iF Design Award 2026 समेत प्राप्त गरेको गरेको कम्पनीले जनाएको छ।

काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरु हुनुले नेपाली बजारमा CHERY को बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गर्नुका साथै देशका प्रमुख बजारहरूमा ग्राहकहरूमाझ आफ्ना सवारीसाधन सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

CHERY Q ले नेपालका प्रमुख सहरमा ग्राहकसम्म आफ्नो पहुँच विस्तार गर्दै जाँदा, नवीन प्रविधि, व्यावहारिक उपयोगिता र आधुनिक SUV डिजाइनको संयोजनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको छ।

 

 

You might also like

Comments are closed.

Secret Link