डिष्ट्रिक्ट गभर्नर लम्सालसहित, बालकृष्ण, राजन र विनोदलाई इसामेमा अवार्ड

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल सम्मानित भएकी छन् । भारतको चेन्नाईमा जारी इसामे फोरममा लम्साललाई विशेष सम्मान प्रदान गरिएको हो ।

संसारका डिष्ट्रिक्टहरु मध्ये उत्कृष्ट डिष्ट्रिक्टमा ३२५ बि १ पर्न सफल छ । इसामे फोरममा गभर्नर लम्सालसहित लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटी, पास्ट मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल र क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना पनि सम्मानित भएका छन् ।

jutta mela

लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष डा. युङ युल चोइले चारै जनालाई अवार्ड प्रदान गरेका हुन् । सम्मानले काम गर्न थप प्रोत्साहन मिलेको गभर्नर लम्सालले बताइन् । ‘डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरु तथा क्याबिनेटमा रहेका लायन साथीहरुको साथले नै यो अवार्ड मिलेको हो,’ उनले भनिन् ।

You might also like

Comments are closed.