त्रिथुंगा ट्रेडिङ कन्सर्नको ब्याट्री डिभिजनको च्यानल पार्टनर कन्फ्रेन्स सम्पन्न

काठमाडौं । बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले ब्याट्री डिभिजनको च्यानल पार्टनर कन्फ्रेन्स–२०१९ सम्पन्न गरेको छ । भदौ २८ गते राजधानीको ग्रान्ड होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका ग्लोब्याट, टाइगर पावर र डेल्टा ब्याट्री कारोबार गर्ने ७० भन्दा बढी डिलर सहभागी भएका थिए ।

सो अवसरमा ग्लोब्याट ब्याट्रीको उत्पादक कम्पनी रहिमाफ्रुज बंगलादेशबाट इन्टरनेसनल सेल्स हेड मोहम्मद जाकिर हुसैन र इन्टरनेसनल सेल्स म्यानेजर मसूद दुर रहमान बिशेष अतिथिका रुपमा सहभागी थिए । उक्त सम्मेलनमा नेपालका लागि कन्ट्रि म्यानेजर सितेशराज अधिकारीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा त्रिथुंगा ट्रेडिङ कन्सर्नका प्रवन्ध निर्देशक शिशिर सुबेदीले आगन्तुकहरुलाई स्वागत गर्नुको साथै कम्पनीका बारेमा जानकारी प्रदान गरेका थिए । संयुक्त रुपमा उनीहरुले कम्पनीको सर्भिस टोल फ्री नम्वर समेत सार्वजनिक गरे ।

रहिमाफ्रुज कम्पनीबाट आएका अतिथिहरुले ब्याट्रीको विषयमा प्राविधिक जानकारी दिनुको साथै ग्लोब्याट, डेल्टा र टाइगर पावर ब्याट्रीका बिषयमा बिस्तृत जानकारी प्रदान गरेका थिए । डिलरहरुले आ–आफ्नो जिज्ञासा राख्दै अन्तरक्र्रिया समेत गरेका थिए ।

You might also like

Comments are closed.