त्रिवेणी इन्टरनेशनल कलेजको अध्यक्षमा भट्टराई

पोखरा । त्रिवेणी इन्टरनेशनल कलेज बोर्डको अध्यक्षमा सुमन भट्टराई सर्वसम्मत रुपमा चयन भएका छन्। पोखरा महानगरपालिका वडा नं २७ मा रहेको क्याम्पसको हालै सम्पन्न पाँचौ वार्षिक साधारण एवं दोस्रो अधिवेशनले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यसैगरी यदुराज आचार्य, मधुसुदन सापकोटा, बलराम ढकाल, विनोद लामिछाने, हरि बुढाथोकी, भरत अधिकारी, शान्ती देवी खनाल र सोमनाथ बास्तोला वोर्ड सदस्यमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा २७ का वडा अध्यक्ष पूूर्ण कुुमार गुुरुङले निजी लगानीमा सञ्चालित कलेजले स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास गर्दै आगामी दिनमा अझ गुुणस्तरीय शिक्षा प्रदान गरोस भन्ने शुुभकामना व्यक्त गरे ।

यस अगाडि कलेजको अध्यक्ष बाबुराम गिरी रहेका थिए ।

You might also like

Comments are closed.