ओमप्रकाश गैरे
प्रवन्ध निर्देशक
थर्ड आई एजुकेसन, पोखरा
थर्ड आई एजुकेसन चिप्लेढुंगा पोखराको आयोजनामा यही बुधबार ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदैछ । फेयरमा अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी रहने बताइएको छ । फेयर आयोजना गर्नुको उद्देश्य, थर्डआईका विशेषता लगायत विषयमा प्रवन्ध निर्देशक ओमप्रकाश गैरेसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः
‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्नुको उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी धेरै मेला तथा महोत्सव आयोजना भएका छन् । हामीले अन्य फेयर भन्दा फरक शैलीमा आफ्नै कार्यालयमा फेयर आयोजना गरेका छौं । पोखराको चिप्लेढुङगामा ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको हो । थर्ड आई एजुकेसनले आफ्नै सेमिनार हलमा भदौ २० गते बुधबार गर्ने फेयरको तयारी अन्तिम चरणमा पुगेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण परामर्श प्रदान गर्नु नै फेयरको मुख्य उद्देश्य हो ।
फेयरमा कतिवटा कलेज तथा युनिभर्सिटी सहभागी हुन्छन् ?
फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेछन् । अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेहुँदा फेयर विद्यार्थीका लागि उपलब्धीपूर्ण रहनेछ । अष्ट्रेलियाका राम्रा प्राय सहरको प्रतिनिधित्व पनि रहनेछ । कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विद्यार्थीले त्यहाँको वास्तविक शैक्षिक अवस्था तथा भविश्यका बारेमा जानकारी लिन सक्नेछन् ।
फेयरमा विद्यार्थी किन सहभागी हुने ?
एउटै ठाउँमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिन पाइने भएकाले फेयरमा विद्यार्थीहरुको उपस्थिति बाक्लो हुने हामीले विश्वास गरेका छौं । अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तित नीति, नियम, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइनेछ । त्यहाँको हावापानीको बारेमा पनि जानकारी प्रदान गरिनेछ । एउटै थलोमा धेरै प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सही परामर्श लिनका लागि विद्यार्थी फेयरमा सहभागी हुनेछन् ।
थर्ड आईका विशेषताहरु के–के छन् ?
विगत १२ वर्षदेखि हामीले शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेका छौं । पोखरामा प्रधान कार्यालय रहेको थर्ड आईले धेरै विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल छ । हामीसँग दक्ष तथा अनुभवी काउन्सेलर हुनुहुन्छ । अष्ट्रेलियाको परिवर्तित नीति नियमहरुसँग सधैं अपडेट हुँदै विद्यार्थीलाई पनि त्यसबारेमा जानकारी गराउन हामी सफल छौं । सत्य तथ्य परामर्शका लागि आकर्षक गन्तव्य बन्न थर्ड आई सफल बनेको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
थर्डआईबाट परामर्श लिएर अष्ट्रेलिया पुगेका विद्यार्थीबाट हामीले सकरात्मक प्रतिक्रिया पाएका छौं । हामी मार्फत जाने विद्यार्थीले आफ्ना साथीभाई तथा आफन्तलाई पनि हामीमार्फत जान सल्लाह दिने गरेको हामीले पाएका छौ । थर्डआईले प्राप्त गरेको विश्वास तथा विद्यार्थीको मायाबाट हामी उत्साही छौं । हामीले आयोजना गरेको फेयरमा पनि विद्यार्थीहरुको आकर्षण राम्रो देखिनेमा हामी ढुक्क छौं ।
Comments are closed.