थ्रीस्टारलाई हराउँदै पुलिस फाइनलमा

छैटौं पटक पुलिस र थ्रीस्टार बुधबार आमनेसामन

सन्देश श्रेष्ठ
पोखरा । नेपाल पुलिस क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टार क्लवलाई ३–० ले हराउँदै पुलिस आहा ! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

आहा ! रारा गोल्डकपमा छैटौं पटक पुलिस र थ्रीस्टार बुधबार आमनेसामने हुँदा पुलिसले बाजी मा¥यो । पुलिसले आठौं मिनेटमै गोलको खाता खोल्यो । मैदानको दाया साइडबाट रवि पासवानले मिलाई दिएको पासमा कप्तान भरत साहले वान टच प्रहार गर्दै जाली चुमाए । पुलिसले दोश्रो हाफको छैटौं मिनेटमा दोश्रो गोल ग¥यो । मैदानको दाया साइडबाट २ जनालाई छक्याउँदै बल अगाडि बढाएका निरकुमार राईले अप्रत्यासित गोल गरे । पुलिसले तेश्रो गोल भने ७१ औं मिनेटमा ग¥यो । यो पटकपनि निरकुमार राईले नै गोल गरे । मैदानको करीब मध्य भागबाट एक्लै छक्याउँदै अगाडि बढाएका तेज तामाङले पेनाल्टी एरियामा मिलाई दिएको पासमा आकर्षक तरिकाले राईले गोलमा परिणत गरे ।

बुधबारको खेलमा पुलिसका लागि २ गोलको योगदान दिने निरकुमार राई म्यान अफ दी म्याच घोषित भए ।

jutta mela

प्रतियोगिता अन्तर्गत विहीबार हुने अन्तिम सेमीफाइनल खेलमा विभागिय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लवबिरुद्ध पोखरेलीको प्रिय टिम मनाङ मस्र्याङ्दी भिड्नेछ । विहीबारको बिजेताले बुधबारको बिजेता नेपाल पुलिस क्लवसँग उपाधिका लागि भिड्नेछ ।

You might also like

Comments are closed.