दमौलीमा निशुल्क स्वास्थ परामर्श सेवा सुरु

तनहुँ, २३ बैशाख
रक्क्तचाप मापन अन्तराष्ट्रिय अभियान २०१९ अभियान अन्तर्गत तनहुँको ब्यास नगरपालिका–३ अनसन चौतारीमा सोमबारबाट निशुल्क स्वास्थ्य परामर्श सेवा सुरु भएको छ । जिल्ला स्वास्थ कार्यालय तनहुँको आयोजना र ब्यास नगरपालिकाको सहकार्यमा सेवा सुरु गरिएको हो ।

सो कार्यक्रममा निशुल्क रक्तचाप मापन, तौल र उचाई मापन गरिनुका साथै उच्च रक्क्तचाप र मोटोपन सम्बन्धी परामर्श समेत दिइनेछ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुुख शान्तिरमण वाग्लेले शुभारम्भ गर्दै रक्क्तचाप नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिन आग्रह ।

कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतको उपस्थिति रहेको थियो ।  मे महिनामा प्रत्येक दिन बिहान ६.३० बजे देखी बिहान ८.३० सम्म अनसन चौतारीमा निशुल्क चेकजाँच तथा स्वास्थ परामर्श सेवा उपलब्ध हुने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.