नयाँ एसयुभी लन्चिङको तयारी गर्दै रेनो, सुुजुकी ब्रेजा र हुन्डाई भेन्युसँग प्रतिस्पर्धा हुने

काठमाडौं । ट्राइबरको सफल लन्चिङ पश्चात रेनोले भारतीय बजारमा नयाँ एसयूभी लन्चिङको लागि तयारी गर्दैछ । सो नयाँ प्रोडक्ट कम्प्याक्ट एसयूभी हुनेछ जसलाई एचबीसी कोडनेम दिइएको छ । अनुमानित रिपोर्ट अनुसार सो एसयूभी अटो एक्सपो २०२० मा प्रदर्शन गरिने छ ।

नयाँ कम्प्याक्ट एसयूभी रेनो निसानको ग्लोबल सीएमएफ एप्लस मोडल प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्म रेनो ट्राइबर एमपीभीको लागि पनि प्रयोग गरिएको थियो । एचबीसी एसयूभीको लम्बाई ४ मिटरको हुनेछ ।

रेनोको सो नयाँ एसयूभीको मारुती ब्रेजा, हुन्डाई भेन्यु र टाटा नेक्सन जस्ता सब कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा हुनेछ । एचबीसीको लन्चिङ २०२० को अन्तमा वा २०२१ को शुरुवातमा हुनेछ ।

jutta mela

सो एसयूभीको मूल्य कम राख्न कम्पनीले केही पार्टस्हरु रेनो ट्राइबर र कम्पनीको अन्य कारसँग लिनेछ । रिपोर्टका अनुसार एचबीसीमा ट्राइबर १.० लिटरको पेट्रोल इन्जिन जडान गरिने छ । सो सब कम्प्याक्ट एसयूभीमा ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प पनि छ ।

रेनोले आउँदो दिनमा भारतीय बजारमा डिजेल इन्जिन बन्द गर्दैछ । ट्राइबरमा जस्तै एचबीसीमा पनि डिजेल इन्जिनको अप्सन उपलब्ध हुने छैन ।

You might also like

Comments are closed.