नयाँ स्यान्ट्रोको एक वर्ष, एनिभर्सरी एडिसन मोडल लन्च

काठमाडौं । हुन्डाईले एक वर्ष अगाडि स्यान्ट्रो कार भारतमा लन्च गरेको थियो । कम्पनीले पहिलो एनिभर्सरी मनाउनको लागि यसको एनिभर्सरी एडिसन मोडल लन्च गरेको छ । स्यान्ट्रोको सो स्पेसल एडिसन मोडल कार स्पोर्टी भेरिएन्टमा आधारित छ । यो म्यानुअल र एएमटी गियरबक्समा उपलब्ध छ । यो स्यान्ट्रोको लिमिटेड एडिसन मोडल हो जसमा स्ट्यान्डर्ड मोडलभन्दा कस्मेटिक परिवर्तन गरिएको छ ।

सो कारको रुफ रेल, आउट साइड रियर भ्यु मिरर र डोर ह्यान्डल्समा ग्लास ब्लक जडान गरिएको छ । कारको ह्विल कभर डार्क ग्रे रहेको छ । सो कारको ढोकामा क्लेडिङ, बुटको बेसमा क्रोम पट्टी र एनिभर्सरी एडिसनको ब्याजिङ समावेश गरिएको छ । सो कार पोलार ह्वाइट र एक्वाटिक कलरमा उपलब्ध रहेको छ ।

स्यान्ट्रोको स्पेसल एडिसन मोडलको इन्टेरियरमा कस्मेटिक परिवर्तन गरिएको छ । कारको इन्फोटेनमेन्ट सिस्टमको चारै तिर साइड एसी भेन्ट्स र गियरस्टिकको चारैतिर एक्वाटिक कलर समावेश गरिएको छ । यसको साथै फेब्रिक सिट डिजाइन पनि अपडेट गरिएको छ ।

jutta mela

सो कारमा १.१ लिटर ४ सिलिन्डरको पेट्रोल इन्जिन समावेश गरिएको छ जसले ६९ एचपीको पावर र ९९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्सको विकल्प छ । स्यान्ट्रोको स्ट्यान्डर्ड स्पोर्ट भेरिएन्टभन्दा एनिभर्सरी एडिसनको मूल्य १० हजार भारु महँगो छ ।

You might also like

Comments are closed.