नविल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड

काठमाडौं । नविल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कोरोना महामारीको बीचमा पनि बैंकले उत्साहजनक नाफा गर्न सफल भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा बैंकको नाफा भने केही घटेको छ । अघिल्लो आबमा बैंकले ३ अर्ब ७३ करोड ५३ लाख ३४ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । जुन गत आबको भन्दा ६९ करोड ३० लाख ९७ हजार रुपैयाँ बढी छ ।

You might also like

Comments are closed.