काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यलाई सम्मान गरेको छ ।सो अवसरमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले उद्योग वाणिज्य महासङ्घका विगतका नेतृत्वले निर्माण व्यवसायीका समस्या समाधान गर्न नसकेको गुनासो गरे । “निजी क्षेत्रमाथि चारैतिरबाट औँला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका सङ्घ संस्थाबीच सहकार्यको विकल्प छैन” उनले भने ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताउँदै महासङ्घलाई अझ सुदृढ संस्थाका रुपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धर्मराउँदो निजी क्षेत्रलाई सम्हाल्ने दिशामा उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वबाट आफू अत्यन्त आशावादी रहेको बताए ।
निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले महासङ्घको पूर्वाधार विकासका क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान रहेको जिकीर गरे ।







Comments are closed.