निर्माण सामग्री हार्डवयर संघ चितवनका भ्रमण टोलीलाई लेखनाथमा स्वागत

आर्थिक आवाज

लेखनाथ । निर्माण सामग्री हार्डवयर संघ चितवन र पश्चिम चितवन निर्माण सामग्री बिक्री व्यवसायी संघको संयुक्त भ्रमण टोलीलाई लेखनाथमा स्वागत गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा परिचयात्मक कार्यक्रम संघको सभाकक्षमा बिहीबार गरेको हो ।

भ्रमण टोली प्रमुख एवं निर्माण सामग्री हार्डवयर संघ चितवनका अध्यक्ष शिवप्रसाद ओझाले भ्रमणको माध्यमले एक आपसमा सद्भाव र सहकार्य बढ्ने बताए । व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघसँग अन्तरक्रिया गर्नेे अवसर मिलेकोमा उनले खुसी व्यक्त गरे ।

jutta mela

संघका अध्यक्ष बलराम ढकालले संघका गतिविधि र पुस ३ गतेदेखि सञ्चालन हुने १६औं लेखनाथ महोत्सवका बारे जानकारी दिएका थिए । संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) लगायतका व्यक्तिको उपस्थिति रहेको उक्त कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन संघका महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए ।

 

You might also like

Comments are closed.