नेपाल इटली उद्योग वाणिज्य संघको नयाँ कार्य समितिमा गण्डकी प्रदेशबाट किसान, अध्यक्षमा नवराज

आर्थिक आवाज
पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका प्रथम उपाध्याक्ष तथा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार नेपाल–इटाली उद्योग वाणिज्य संघ पाँचौँ वार्षिक साधारणसभाबाट कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको सभाले नवराज ढकालको अध्यक्षमा कार्य समिति चयन गरेको छ । संघको विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठलाई चयन भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षमा अशोक शेरचन, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवन अग्रवाल र सचिवमा मनोज श्रेष्ठ भडेल छन् ।

कार्यसमितिको सदस्यहरुमा अनिलदास श्रेष्ठ, कमलराज बिष्ट, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तामाङ, विना प्याकुरेल, युगेश वादेश्रेष्ठ, सुमितकुमार लामा, सुशील जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल रहेका छन् ।

jutta mela

नेपाल र इटालीबीचको व्यापारिक एवं आर्थिक र पर्यटनमा लगानीका लागि संघको स्थापना भएको कार्य समितिका सदस्य सुनारले जानकारी दिए । उनले इटालीका व्यावसायिक संघ संगठनहरुसंग सम्बन्ध विस्तार गरी दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउन प्रयास गर्ने जनाए ।

You might also like

Comments are closed.