नेपाल एग्रो लघुवित्तकोे चौंथोे साधारणसभा

आर्थिक आवाज
पोखरा । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकोे चौंथोे वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट नेपाल एग्रो लघुवित्तवित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ हुनेगरी प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था विच मर्जरको प्रकृया शुरु भएको र राष्ट्र बैंकबाट दुवै लघुवित्त संस्थाहरुलाई गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि सैद्धान्तिक सहमति समेत प्राप्त भएको जानकारी सभालाई प्रमुख कार्यकारी अधिकृत लम्सालले गराए ।

नेपाल एग्रो लघुवित्तवित्तीय संस्थाको नियमावली बमोजिम सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरु नवराज घिमिरे र गंगा प्रसाद तामाङ निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्र राज घिमिरेले बताए । नवनिर्वाचित सञ्चालकहरु नवराज घिमिरे र गंगा प्रसाद तामाङले नेपाल एग्रो लघुवित्तवित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यबाट सञ्चालकको सपथ ग्रहण लिए । कार्यक्रमको सञ्चालन कार्यसञ्चालन÷कर्जा विभाग प्रमुख नयन देवकोटाबाट गरेका थिए ।

You might also like

Comments are closed.