नेपाल राष्ट्रिय घरघाडा सरोकार समितिमा न्यौपाने

पोखरा । नेपाल राष्ट्रिय घरघाडा सरोकार समिति नेपालको अध्यक्षमा कमल प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शनिबार पोखरामा सम्पन्न छ्ैठांै साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

jutta mela

निवर्तमान महाचिव न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । तीन वर्षीय कार्यकालका लागि प्रथम उपाध्यक्षमा तिलकबहादुर क्षेत्री, द्वितीय उपाध्यक्षमा उमापति ढकाल, महासचिवमा जगदिशप्रसाद अधिकारी, सचिवमा नरहरि अधिकारी, कोषाध्यक्षमा कृष्णप्रसाद चापागाईं र सह–कोषाध्यक्षमा ईश्वरप्रसाद आचार्य रचयन भए ।

सदस्यहरुमा इन्द्रशोभा पौडेल, नारायणप्रसाद सुवेदी, कमला भण्डारी, गोपालराज पौडेल, राजु सुनार, जगदिशप्रसाद लामिछाने, राजेन्द्र अधिकारी, मीलन ढकाल र सुनिता पन्त पौडेल चयन भएका छन् ।

You might also like

Comments are closed.