पोखरा, १५ फागुन । आई ब्लुजम्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रमको आयोजना गरिने भएको हो ।
नेपालीहरुमा पनि नयाँ वर्षको सुखद क्षणमा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउने वातावरण तयार गर्ने उद्देश्यले पोखरामै पहिलो पटक कार्यक्रमको आयोजना गरिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताए ।
थापाका अनुसार कार्यक्रममा विविध संस्कृति झल्काउने पोशाक, इच्छा अनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड (डाक्टर, पाइलट, पुलिस, आर्मी, नर्स, एयरहोस्टेस, खेलाडी पोशाक, एन्जलको रुपमा, जनावरको पोशाक, कार्टुनको पोशाक, चौकीदारको पोशाक, रेड इन्डियन्स, सेन्टा क्लथ, जोकरको रुपमा, विभिन्न देशहरुको पोशाक) लगायत आफूलाई जुन पोशाकमा सहज लाग्छ, सो पोशाकमा उपस्थित हुन पाइने छ । उत्कृष्ट पोशाक लगाउनेलाई आयोजकको तर्फबाट पुरस्कृत गरिने उनले बताए । ‘पुरस्कार स्वरुप सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्नको लागि अवसर प्रदान गरिनेछ,’ थापाले भने, ‘सहभागी मध्येबाट उत्कृष्ट दारी प्रर्दशन गर्नेलाई (वेष्ट वियर्ड) घोषणा गरी आइफोन एट प्लस वा सामसुङ एट एजमोबाइल फोन उपहार समेत प्रदान गरिने छ ।’
वेष्ट हेयर स्टाइलिस ५÷५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा सौख अनुसारको (मेनीक्यूर, पेडीक्यूर, हेयर कलरिङ, ड्रेडलक, फेसियल, स्ट्रेट, कर्ली, हेयर कट र मसाजमध्ये एक सेवा)उपलब्ध गराइने थापाले प्रस्टाए । ‘वेष्ट डे«स महिलाहरुमध्येबाट उत्कृट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दश हजार रुपैयाँ बराबरको सपिङ भौचर उपलब्ध गराइने छ,’ उनले थपे, ‘कर्यक्रममा साउण्डको दुनियाँमा ख्याति प्राप्त आइएसएस साउण्डज् काठमाण्डौंबाट साउण्ड सिष्टमहरु ल्याई राष्ट्रियस्तरका डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउँनेछन् ।’
दुई चरणमा हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धिरज थापाले बताए । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म जसको लागि एक हजार रुपैयाँ टिकटमा प्रवेश पासको व्यवस्था छ । दोस्रो चरणको साँझ ७ बजेदेखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ ।
१२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि जिल्ला बाहिरका पाहुनालाई एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको थापाले बताए । ‘बिहान बे्रकफाष्ट सहित फेवातालमा बोटिङको सुविधासमेत उपलब्ध गराइने उनले जानकारी दिए ।
कार्यक्रममा दुई हजार पाँच सय जना पाहुनाहरुको उपस्थिती रहने आंकल नगरिएको छ । कार्यक्रममा सुरक्षाको लागि प्रहरी प्रशासन सहित आन्तरिक रुपमा पोखरा बुल्सबाट ५० जनाभन्दा बढी बाउन्सरको उपस्थितीमा पूर्णरुपमा सुरक्षाको प्रबन्ध गरिने उनले जानकारी दिए ।
Comments are closed.