पछिल्लो २४ घण्टामा थपिए १३२५ कोरोना संक्रमित

काठमाडौं
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४६ हजार २ सय ३३ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ भने पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

You might also like

Comments are closed.