तम्घास । पर्यटन प्रवद्रधन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य थालिएको हो ।
समुद्री सतहबाट दुई हजार १ सय ८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपाको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ ।
उक्त दिन लुम्बिनीबाट चार र श्रीलङ्काबाट एक बौद्ध धर्मालम्बी आई स्तुपाको निर्माण थालेका थिए । असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको काममा बौद्धस्तुपा, भ्यू पोइन्ट, मनोरञ्जनस्थल, पिकनिक स्पोर्ट, फोटा खिच्ने ठाउँलगायतका संरचना निर्माण गरिने निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए ।
स्तुपा निर्माणका लागि करिब डेढ करोड रूपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौं एवं जुहाङ र हर्राचौरका नागरिकले स्तुपा निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
स्तुपा निर्माणका लागि स्थानीय एवं युकेका लेफ्टेन हाल हङकङ बस्ने कुलबहादुर बुढाथोकीको नेतृत्वमा अहिलेसम्म ५५ लाख रूपैयाँ रकम जुटेको छ ।
Comments are closed.