पुतलीबजारमा निशुल्क शिविर

पोखरा, २ असोज । नवरत्न बचत तथा ऋण सहकारीले स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार हुने शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसो –टिजी) सित्तैमा जाँच हुनेछ ।

स्वस्थ जीवनका लागि आवश्यक जीवनशैली, रोग लागिसकेपछिको उपचार र खानपानबारे कार्यक्रममा सहभागीलाई सचेतनासमेत दिइनेछ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले शिविरमा अन्य सबै प्रकारका जाँचमा पनि ५० प्रतिशत छुट दिनेछ । प्रदेशकै पहिलो र अग्रणी ल्याब भएकाले सामाजिक उत्तरदायित्व बोध गर्दै विभिन्न जिल्लामा शिविर, सचेतनासहितका कार्यक्रम गरिरहेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

युआरएलले दसैं, तिहारलाई लक्षित गरी विशेष अफर पनि सार्वजनिक गरेको छ । अफरअन्तर्गत असोज महिनाभर होलबडीसहित सबै प्रकारका रक्त परीक्षण ३० प्रतिशत छुट दिइएको छ । असोज महिनाभर युआरएलले टिजी सित्तैमा जाँच गर्ने जनाएको छ ।

You might also like

Comments are closed.