पुरनकोट होम स्टेमा पोखरा महोत्सवको प्रभाव, गत वर्षदेखि पर्यटक बढे

आर्थिक आवाज
पोखरा । लमजुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन्् । नवौं संस्करणको पोखरा महोत्सवमा आयोजक युनाइटेड क्लबले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होम स्टेलाई निःशुल्क स्टलको ब्यवस्था गरेपछि पुरनकोट होम स्टेमा यो वर्ष पर्यटकको संख्यामा वृिद्ध आएको पुरनकोट होम स्टेका अध्यक्ष कन्या काशी गुरुङले बताइन् ।

२०६८ सालदेिख स्थापना भएको पुरनकोट होम स्टेको स्थापना भएको र २०७१ सालसम्म आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको रुपमा रहेतापनि पछिल्लो समय खस्किदै गएपछि गत वर्ष आयोजित नवौं संस्करणको महोत्सवमा पुरनकोट होमस्टेले स्लट पाएर प्रवद्र्धन गरेपछि यो वर्ष पुरनकोटमा ४ सय भन्दा वढी ग्रुपले होमस्टेमा बसोवास गरेको अध्यक्ष गुरुङले बताइन् । पोखरा महोत्सवले सामाजिक कामसंगै पर्यटन प्रवद्र्धनका लागि दुर दराजमा रहेको गाउँको होम स्टेको प्रवद्र्धनमा लागेको र त्यसकै कारण लम्जुङको पुरनकोटको प्रवद्र्धन हुनु आफैमा गर्वको कुरा रहेको गुरुङको भनाइ रहेको थियो ।

लमजुङको बेसीशहर नगरपालिका ४ डाँडागाँउमा रहेको पुरनकोट होमस्टेमा गुरुङ संस्कृति झल्कने घाटु, चुड्का, सोरठीसंगै लमजुङे ठाडो भाकासंगै स्थानीय उत्पादन लोकल कुखुरा, खसी बोका संगै कोदोको ढिडो गुन्दु्रकको अचारको स्वाद लिन सकिने गुरुङले बताइन् । पोखरा महोत्सवमा स्टल राखेकै भरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु पुरनकोट भित्रिन थालेको र पर्यटकहरु स्थानीय सांस्कृतिक प्रस्तुतिसंगै सिन्दुरे ढुंगा, पुरानो कोट, तारे भिरमा सञ्चालन हुने रक क्लाइम्बिङ मार्फत मनोरन्जन लिने गरेको होमस्टेका अध्यक्ष गुरुङले बताइन् ।

jutta mela

दशौं संस्करणमा पनि पुरनकोट होम स्टेको स्टल पोखरा महोत्सवमा राख्न पाउदा पुरनकोटबासी खुशीसंगै उत्साहित छन । अघिल्लो पटक पोखरा महोत्सवमा स्टल राखेकै कारण ४ सय वटा ग्रुप होम स्टेमा बस्न पुगेका थिए ।

झरीका बीच सञ्चालित पोखरा महोत्सवको तेस्रने दिन झरीको प्रवाह नगरी दर्शकहरुले साथ दिएका छन् । महोत्सवमा झरीका बीच छिरेका दर्शकले मनोरन्जन भन्दापनि जाडो मौसममा चाहिने सामग्री किनमेल गर्नेको भीड बढ्यो । महोत्सवको तेस्रो दिन चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिकको सालको पात भन्ने गीतमा दर्शकले भरपुर मनोरन्जन लिए । कुलेन्द्र संगै सरला पाण्डे, शंकर विरही गुरुङ, टेक क्षेत्री, रमा राना मगर, कमला गैरे लगायतको प्रस्तुती रहेको थियोभने सांझको पप कन्सर्ट तर्फ एम सी फ्लो र स्थानिय स्पर्श ब्याण्डको प्रस्तुती रहेको थियो ।

महोत्सवमा शुक्रबार लोक दोहोरीतर्फ प्रीति आले, प्रजापति पराजुली, मञ्जु बिक, शिवहरि ढुंगाना, रामजी पौडेल, टेक क्षेत्री, सजना गुरुङ, पार्वती गुरुङ, ईश्वर खड्का लगायतको प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । साँझको पप कन्सर्टमा युवाहरुको ढुकढुकी आशिस राना लाहुरेसंगै स्थानीय ब्ल्याक रोज व्याण्डको प्रस्तुति रहनेछ भने सांस्कृतिक कार्यक्रमतर्फ नेवारी संस्कृति झल्कने तेर्सापट्टी तायामचा समितिको लाखेनाचको प्रस्तुति रहनेछ ।

महोत्सव जारी रहदा शुक्रबारदेखि विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई समेटेर निर्माण गरिएको कखरा डकुमेन्ट्री समेत प्रदर्शन गरिने महोत्सव प्रचारप्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए । कखरा डकुमेन्ट्र पहिलो चरणमा १ बजे र दोश्रो चरणमा ३ बजे निशुल्क प्रदर्शनको ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.