पुर्खौदेखिको व्यापार गर्न मान्दैनन् युवा

कञ्चनपुर । जुम्लाको सिञ्जाका मानबहादुर बुढा उमेरले ७६ वर्ष पूरा गर्न लागेका छन् । तन्नेरीझैँ काँधमा उनी कपडा बोकेर व्यापार गर्नका लागि प्रत्येक वर्ष कञ्चनपुर आइपुग्छन् । पुर्खौंदेखि गर्दै आएको व्यवसाय उनले अपनाउँदै आएका हुन् ।

उनले भेडाको ऊनको कम्बल, राडीपाखी बेच्ने काम गर्छन् । उनी कात्तिकदेखि फागुन महिनासम्म कञ्चनपुर, कैलालीका बजार क्षेत्र र ग्रामीण क्षेत्रमा पुगेर काँधमा बोकेर ल्याएका ऊनबाट बनेका न्यानो कपडाहरु बेच्नु हुन्छ । बाइस वर्षका उनले भने “बुबाबाजेको पालादेखि अपनाएको व्यवसायलाई निरन्तरता दिनेकाम गरेको छु । व्यवसायबाटै सुर्खेतको यारी चोकमा एक बिघा जग्गा खरिद गरेको छु । राडीपाखी बेचेर पाँच महिनामा एक लाख रुपैयाँ जति आम्दानी हुन्छ । यसबाट आएको आम्दानीले नाति तीनजनालाई बोर्डिङमा पढाउँदैछु । छोराका लागि सुर्खेतमै फैन्सी पसल राखेर व्यावसायिक कार्यमा संलग्न राखेको छु । आफ्नो खर्च यसै व्यवसायबाट धान्दै आएको छु ।”

“पहिला भेडाको ऊनबाट आफँै घरमै राडी, पाखी, कम्बल, गलैँचा बुन्ने कार्य हुन्थ्यो । हातकै बुनेका उनका वस्तुहरु हातहातै बिक्री हुन्थे । हाल बजारमा उद्योगमा बनेका वस्तुहरुले स्थान लिन थालेपछि घरैबुना बस्नुहरु बेच्न निकै गाह्रो हुने गरेको छ,” उनले भने, “हातले बुनेका ऊनका वस्तुहरुको टिकाउपनसँगै यसका फाइदाबारे जानकारी पाएकाहरु अझै पनि खोजी गर्छन् । उद्योगबाट बनेका वस्तुहरु सस्तो हुँदा धेरैले सस्तोमै माग गर्छन् ।”

जुम्लामा गाडी नपुग्दा धेरै जसो कारोबार चीनको तिब्बतबाटै हुने गरेको थियो । हातले बुनेका राडी, पाखी, कम्बललगायत ताक्लाकोट र चेप्टे कुलेखानी नाका हुँदै तिब्बतसम्म निर्यात हुन्थे । “तिब्बतमा बनेका वस्तुहरु तराईसम्म पु¥याएर बेच्ने कार्य हुन्थ्यो । नुनसमेत भोटबाटै ल्याउँथ्यौँ,” उनले भने, “भेडा, च्याङ्ग्रामा बोकेर ल्याएको नुन सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा त्यति बेला निकै बिक्री हुन्थ्यो ।” राडी पाखी अहिलेझँै बोकेर तराई क्षेत्रसम्म पु¥याएर काँधमा बोकेर बिक्री गर्दथ्यौँ । जुन कार्य अहिले पनि जारी रहेको छ ।”

जुम्लामा गाडी पुगेपछि हाल यहाँकै नुनसँग अन्य आवश्यकता सामग्री पुग्न थालेको छ । पुराना तिब्बतसँग कारोबार हुने नाकाहरु बन्द जस्तै भएका छन् । दुवै क्षेत्रतर्फका सुरक्षाकर्मीले कडाइ गर्ने भएकाले पनि तिब्बतसँगको कारोबार शून्य प्रायः भएको उनको भनाइ रहेको छ । तिब्बतसँग कारोबार हुँदा दुवैतर्फको सम्बन्ध मित्रतापूर्ण थियो ।

हाल सम्पर्क नै हुन छाडेपछि तिब्बतसँगको मित्रता पुरानै रुपमा कायम नहँुदा उनी चिन्तासमेत व्यक्त गर्नु हुन्छ । पुरानो अवस्थाकैझैँ तिब्बतसँगको सम्बन्ध कायम गर्नका लागि नाकाहरुलाई व्यवस्थित बनाइनुपर्ने उनी सुझाव दिन्छन् ।

बूढापाकाहरुले अपनाउँदै आएको राडी, पाखी, स्वेटर, कोट, अस्कट, लिउ, कम्बललगायत काँधमा बोकेर गाँउ बजार चहार्दै हिँड्न अब जुम्ली युवाहरु चाहँदैनन् । थारै मात्र युवा यस कार्यमा लागेका छन् । विगत जस्तो युवाहरु व्यापार गर्न तम्तयार छैनन् । केही भारतमा रोजगारीका लागि जान्छन् । केही अन्य व्यवसाय र नोकरीमा संलग्न हुन थालेका छन् ।

आम्दानी चाहेअनुसारकै हुने भएकाले युवाहरुले युग सुहाउँदो तरिकाले यस व्यवसायलाई परिष्कृत गर्दै लैजानुपर्नेमा उनी जोड दिन्छन् । जुम्लाको सिञ्जाकै हिमा गाउँपालिका–१ आर्चाय लिमीका ४७ वर्षीय मनप्रसाद आचार्यले समेत दुई दशक अघिदेखि गलैँचा, ब्ल्याङ्केट र फाइवरबाट बनेका वस्तुहरु ल्याएर कञ्चनपुरमा बिक्री गर्दै आएको छन् । यसै व्यवसायबाट आचार्यको घरको सबै खर्च चलेको छ ।

यस व्यवसायबाटै भएको कमाईबाट उनले एक छोरालाई वैदेशिक रोजगारका लागि दुबई पठाएका छन् । अर्को छोरा उच्च शिक्षाका लागि काठमाडौंमा छन् । दुवै जनाको खर्च आचार्यले यसै व्यवसायबाट व्यहोरेका हुन् । घर खर्च र छोरालाई उच्च शिक्षा पढाउने खर्च यसै व्यवसायबाट व्यहोर्दै आएको उनले बताए । “राडी, पाखी पहिला घरमै बुनेर बेच्नका लागि ल्याउँथ्यौँ,” उनले भने, “परम्पारगत राडी, पाखी बुन्ने सीप सिकेका बूढापाकाहरु मात्रै छन् । युवाहरुले यो काम गर्न मान्दैनन् । त्यसैले हाल काठमाडौंबाट सामान ल्याएर बेच्दै आएका छौँ ।” उनले चर्चा जस्तै हिउँदका बेला न्यानो लुगा बेच्नेहरु धेरै छन् ।

जुम्लाबाट सामान बेच्नका लागि पुग्नेहरुको सङ्ख्या भने घट्दो छ । गतिलो आम्दानी हुने पछि अन्य जिल्लाका बासिन्दाले यस व्यवसायलाई अपनाउन थालेका छन् ।

“विगतमा यस्तो व्यवसायमा जुम्लीको मात्रै दबदबा हुने गरेको थियो,” कञ्चनपुरको झलारीका मान सिंह भण्डारीले भने, “जुम्लीले ल्याएका सामान बढी समयसम्म टिक्ने, निकै न्यानो हुने भएकाले सबैले खरिद गथ्र्यांै । हाल पुराना सामान पाउनै मुस्किल छ । पाइए पनि मूल्य निकै बढी छ । धेरैले ल्याउने सामान बजारमा पाइने सामान जस्तै हुन्छ ।” विगतका तुलनामा विकास भएको छ । सबै ठाउँमा सडक पुगेको छ । यसैले पनि जुम्लीले अँगाल्दै आएको व्यवसाय अरूले अँगालेका छन् । थोरै मात्रै जुम्ली यस व्यवसायमा संलग्न भएको उनले बताए ।

lcci
You might also like

Comments are closed.