पेट्रोल भेरिएन्टमा आउँदै भिटारा ब्रेजा

काठमाडौ. । मारुती सुजुकीको लोकप्रिय मानिएको कार भिटारा ब्रेजा छिट्टै नै पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने भएको छ । सो कार बीएस ६ १.५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनका साथ आउने छ, जसले १०४.७ पीएसको पावर र १३८ एनएम टर्क जेनेरेट गर्नेछ । मिडिया रिपोर्टका अनुसार सो कारको पेट्रोल भर्सन उत्पादन प्रारम्भ भइसकेको छ ।

भिटारा ब्रेजा भारतमा मात्र नभएर नेपालमा समेत निकै नै लोकप्रिय कार मानिन्छ । तर पछिल्लो समयमा हुन्डाई भेन्युले यसलाई कडा टक्कर दिएको छ । भेन्यु ब्रेजा भन्दा पहिलो पोजिसनमा रहन सफल भयो । यद्यपि पछिल्लो समयमा फेरि ब्रेजाले आफ्नो स्थान लिएको छ ।

यसरी प्रतिस्पर्धामा उत्रिन नसक्नुको कारण ब्रेजामा डिजेल इन्जिन मात्र हुनु पनि एक कारण मानिएको छ । त्यसैले पनि भिटारा ब्रेजा अब पेट्रोल इन्जिनमा समेत उपलब्ध गराउने तयारी मारुती सुजुकीले गरिरहेको बताइएको छ ।

You might also like

Comments are closed.