पोखराको न्युरोडमा माइकल ग्रिल्स

सेकुवालाई प्राथमिकता

आर्थिक आवाज
पोखरा, ९ जेठ । पोखराको न्युरोडमा माइकल ग्रिल्स सञ्चालनमा आएको छ । काठमाडौंमा बिगत एक वर्षदेखि सञ्चालित माइकल ग्रिल्सको नेपालमा तेस्रो र पोखरामा पहिलो आउटलेट खुलेको हो । बिहीबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री र कृषि उद्यमी हिमलाल तिवारीले संयुक्त रुपमा उद्घाटन गरे ।

‘सानो सोचमा ठूलो सपना’ नाराका साथ सञ्चालित माइकल ग्रिल्सले पोखरामा नेपाली मौलिक स्वादको सेकुवाका परिकारलाई प्राथमिकतामा राखी सेवा सुरु गरेको सञ्चालक रमेशप्रसाद तिवारीले जानकारी दिए । बिगत १५ वर्षदेखि भारत, अष्ट्रेलिया र मेक्सिगोमा सिकेको सिपलाई आफ्नै ठाउँमा प्रयोगमा ल्याउन लागेको उनले बताए ।

सेकुवा साथै अर्डन अनुसारका खाजा तथा खानाका परिकारहरु ग्राहकलाई उपलब्ध गराइने तिवारीले बताए । १ सय जना क्षमताको सभाहलसहित माइकल ग्रिल्सले पोखरामा सेवा सुरु गरेको हो । ‘सेकुवा र मौलिक नेपाली खानालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘यहाँँ सेकुवाको चार प्रकारका स्वाद लिन सकिन्छ ।’ करिब १ करोड १५ लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको माइकल ग्रिल्सले १५ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

You might also like

Comments are closed.