पोखरामा उद्यमी महिलाहरुको जोन्टा इन्टरनेशनल, अध्यक्षमा लीना

आर्थिक आवाज
पोखरा । पोखराका उद्यमी महिलाहरुको सहभागितामा अन्तर्राष्ट्रि«य सामाजिक संस्था जोन्टा इन्टरनेशनल पोखरामा विस्तार भएको छ । विहिवार एक समारोहका विच यो संस्था पोखरामा स्थापनाको घोषणासंगै लीना श्रेष्ठ गोशलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्ष मोनिका थापा, महासचिव रोजिना रञ्जित विजुक्छे, कोषाध्यक्ष नम्रता दाहाल थापा चयन भएका छन् । यस्तै निर्देशकहरुमा श्री विद्या आर कायस्थ, नेलिशा ठकुरी केसी, मिलन थापा, प्रशंसा कुँवर केसी, र अन्जना तझ्या छन् ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख बावुराम कुँवरले महिलाहरु आफ्नै बलबुँतामा अगाडी बढ्नु प्रशंसनिीनय भएको बताउदै महिलाले नै महिलाको पिर मर्का बुझ्न सक्ने हुनाले संस्थाले सेवा र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गर्न सक्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराका प्रतिष्ठित उद्यमी महिलाहरुको पहलमा यस क्षेत्रमा अन्र्तराष्ट्रिय क्लब ढिलो गरि स्थापना भएपनि गुणस्तरीय सेवाका लागि छलाङ मार्नका लागि फरक ढंगले अगाडि बढ्न सुझाव दिए । क्लबले महिला सशक्तीकरणको क्षेत्रमा सेवा र समर्थनद्वारा समान हक र महिला हितको लागि आवाज उठाउदै महिला अधिकार पनि मानव अधिकार हो भन्ने नारा बोकेको क्लबका अध्यक्ष लीना श्रेष्ठ गोशलीले बताइन् ।

jutta mela

कार्यक्रममा जोन्टा इन्टरनेशनल डिस्ट्रिक २५ का गभर्नर सहनाज नथानी, जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष मीरा ज्योती, एरिया २ का निर्देशक सृजना राना लगायतले बोलेका थिए । क्लबको आचारसंहिताका बारेमा उपाध्यक्ष मोनिका थापाले प्रकाश पारेकी थिइन् भने महासचिव रोजिना रञ्जित विजुक्छेले अन्तर्राष्ट्रिय अध्यक्षबाट प्राप्त बधाइ सन्देश सुनाएकी थिइन् ।

क्लबका पदाधिकारी तथा सदस्यहरुलाई जोन्टा इन्टरनेशनल डिस्ट्रिक २५ का गर्भनर सहनाज नथानीले सपथ गराएकी थिइन् । सदस्यहरुमा संगीता बज्राचार्य, पद्मा बास्तोला, अनिता खड्का भट्टराई, सृजना कार्की भट्टराई, सम्झना श्रेष्ठ बुद्धाचार्य, रीताशोभा गुरुङ, डा. मेरिना ज्ञवाली, दिक्षा राना हमाल, सुजाता कायस्थ जोशी छन् । रश्मी राजभण्डारी पालिखे, डा. अंगना पराजुली, श्वेता पिया मल्ल, सुनिता राज्यलक्ष्मी राणा, पुजा गौचन शेरचन, पलिना श्रेष्ठ, प्रिती प्रधान श्रेष्ठ र सविता श्रेष्ठ छन् ।

विभिन्न उद्यम तथा व्यवसायमा स्थापित २७ जना महिलाको यो सामाजिक संस्था मार्फत महिला सशक्तीकरण र सेवाका लागि जुट्न लागेको संस्थाका महासचिव रोजिना रञ्जित विजुक्छेले जानकारी दिइन् । क्लबले यो वर्ष महिला शिक्षामा जोड दिइ उमेर नपुगि हुने विवाहका विरुद्ध सचेतना अभियान चलाउने भएको छ ।

एक शताब्दी अघि अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय क्लबको सञ्जाल संसारभर ६७ वटा देशमा फैलिएको छ । १३ हजार भन्दा बढि सदस्य आवद्ध क्लब नेपालमा ५ वर्ष अघि भित्रिएको हो । जोन्टा क्लब काठमाण्डौ स्थापना भएसंगै यसले नेपालमा प्रवेश पाएको हो । नेपालमा क्लबको स्थापना भएसंगै महिला हक अधिकारको पक्षमा तथा महिला हिंसा विरुद्द विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालना गरिसकेको क्लबका महासचिव विजुक्छेले जानकारी दिइन् ।

You might also like

Comments are closed.