पोखरामा खेल पर्यटन प्रचुर सम्भावना ः उपप्रमुख गुरुङ

पोखरा २१ फागुन ।
पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर १ ले आयोजना गरेको वडाभित्र रहेका टोल विकास संस्थाहरुवीच आयोजित दोश्रो वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गदै उनले पोखरा खेल पर्यटनका लागि प्रचुर सम्भावना रहेको बताइन् । ‘ पोखरा आफैमा पर्यटकीय शहर भएको र यहाँ खेल पर्यटनको सम्भावना छ ।’

उनले पोखरा महागनरपालिकाले खेलकुद विकास ऐन पारित गरेको जानकारी दिदै खेलकुदका लागि सम्भब्यता अध्ययन र पूर्वाधार निर्माण गरिने बताइन् । उनले पोखरालाई अन्तराष्ट्रियस्तरमा खेलकुदको माध्यमबाट पहिचाउन गराउने बताइन् । उनले खेलकुदले अनुशासित बनाउने र यूवालाई कुलतबाट टाढा राख्ने बताइन् ।

उनले खेल मानिसको दैनिक जीवनमा आवश्यक रहेकोमा जोड दिइन् । महानगरका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले खेलकुदको माध्यमबाट पोखरा महानगरको पहिचान बढाउन सकिने भएकाले महानगरले त्यस तर्फ ध्यान दिने बताए । उनले खेलकुदले सवैलाई एकताको सुत्रमा बाध्ने भएकाले यसको महत्व रहेको बताउदै वडाले गरेको प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । वडा नम्वर १ का अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य सहारा प्रधान र अभिमन्यू विक्रम राणाले बोलेका थिए ।

पूर्व खेलाडी रञ्जितलाई सम्मान

पूर्व खेलाडी आनन्द रञ्जितलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिकाले मंगलबार वडाले आयोजना गरेको वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सम्मान गरिएको हो । फुटबल खेलको विकासमा पुयाएको योगदानको कदर गदै वडाले सम्मान गरेको हो । उनलाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिन । उनले २०३० सालबाट फुटलब खेल खेल्न सुरु गरेका थिए । सम्मानपछि बोल्दै उनले २०३० सालबाट टुँडिखेलबाटै फुटबल खेल्न सुरु गरेको बताए । राष्ट्रियमा अध्ययन गर्दाबाटै खेल सुरु गरेको स्मरण गदै उनले टुँडिखेल मैदानलाई संरक्षण गर्न आग्रह गरे ।‘ एघार जनाले खेल्न सुरु गरेको फुटबल आज ८ जनामा खेल्न थालिएको छ, त्यसैले यहाँको मैदानको सुरक्षाका लागि सवैलाई आग्रह गर्दछु । ’

You might also like

Comments are closed.