पोखरामा प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी निःशूल्क वितरण

पोखरा ।

अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेशले रोग प्रतिरक्षा प्रणाली बलियो बनाउने तथा बढाउने होमियोप्याथिक औषधी निशुल्क वितरण गरेको छ । पोखरा इन्द्रचोकमा रहेका विभिन्न होमियोप्याथिक फार्मेसीहरुको सहयोगमा पोखरामा करिब दश हजार जनामा निःशूल्क औषधी वितरण गरेको बताइएको छ ।

आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रालिको सहयोग तथा अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा औषधी निशुल्क वितरण गरिएको एसोसिएसन का गण्डकी प्रदेश अध्यक्ष डा. विष्णु प्रसाद चापागाईले बताए । आरोग्य होमियो फार्मेसी, किरण होमियो फार्मेसी, लाइफ केयर होमियो फार्मेसि, नवजीबन होमियो फार्मेसीबाट समेत औषधी निशुल्क वितरण गरिएको थियो । यो औषधीको कुनै साइड इफेक्ट नभएको र शरिरमा यसले अन्य विभिन्न फाइदा गर्ने एसोसिएसनका उपाध्यक्ष डा. दिलिप पाण्डेले जानकारी दिए ।

You might also like

Comments are closed.