पोखरामा साउन १८ गते फेसन सो

पोखरा । पोखरामा साउन १८ गते फेसन सो हुने भएको छ । एएसपी ईन्टरटेनमेन्टको आयोजनामा ‘हेरिटेज अफ फेसन नेपाल’ हुने भएको हो । पोखरा ग्राण्डमा हुने फेसन सो मा नेपालमा नेपालका टप मोडलहरु ¥याम्पमा उत्रिने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

फेसन सो मा नेपालको फेसन डिजाइनिङमा ख्याती कमाईसकेका डिजाइनरले तयार पारेका पहिरनमा २७ मोडल ¥याम्पमा उत्रिने एएसपी ईन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिए । सो अवसरमा नेपालका विभिन्न जातजातिका पुख्र्यौली पहिरनदेखि सांस्कृतिक सम्पदासम्म झल्काउने पहिरनका डिजाइनका फेसन प्रदर्शन गरिने उनले बताए । सो अवसरमा डिजाइनर देविना भट्टराईले ‘बुद्ध इज वर्न इन नेपाल’, जानकी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज’, तेजु मगरको ‘नेपाल सौन्दर्य’ र सुपी रसाइलीको ‘दरबार’ गरी ४ सिक्वेन्समा फेसन सो हुने उनले बताए ।

कार्यक्रममा चर्चित गायीका मिलन नेवार र प्राप्ती तुलाचनले प्रस्तुती राख्ने जनाइएको छ । मुस्कान रानीको कोरियोग्राफीमा हुने फेसन सोमा ‘बुद्ध इज वर्न इन नेपाल’का अभियन्ता धिरज राईको पनि उपस्थिति रहने बताइएको छ ।

You might also like

Comments are closed.