पोखरामा सुजुकी जिक्सर स्ट्रिट स्टन्ट मेनिया कार्यक्रम, युवाको आकर्षण (भिडियोसहित)

पोखरा । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वल्र्डको आयोजनामा सुजुकी जिक्सर स्ट्रिट स्टन्ट मेनिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट बुधबार पोखरामा सम्पन्न भएको छ । पोखराको सभागृहमा आयोजित उक्त कार्यक्रमलाई प्रत्यक्ष हेर्नका लागि पोखरा क्षेत्रका युवायुवतीहरुको भिड लागेको थियो ।

सुजुकीको हालै नेपाली बजारमा भित्रिएको जिक्सर २५० को पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हिमालय अटो वल्र्डका संचालक सौरब थापाले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रख्यात राइडर डा. हायु र राम सरदारले प्रत्यक्ष कला प्रदर्शन गरेका थिए ।

नेपालमा बिरलै देख्न पाइने अन्तर्रास्ट्रिय राइडरको सुरक्षित चालकि कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकीले प्रथम पटक मिलाएको हो । यस्तो मौका नेपालमा बिरलै देख्न पाइने र उक्त अवसर सुजुकीले प्रदान गरेको भीजी अटोमोबाइल्सका सहमहाप्रबन्धक धिरज भट्टराईले बताए ।

jutta mela

सुजुकी मोटर्स इन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाइकमा २५० सीसीको इन्जिन क्षमता, २६.५ बीएचपी पावर, एफ. आई. प्रबिधि, सुजुकी आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल इन्स्ट्रयुमेन्ट, एलईडी हेडल्याम्प जस्ता विशेष प्रबिधि सहितका बिशेषता राखेर उत्पादन गरिएको छ ।

यो एउटा कम्प्याक्ट मोडल हो । यसमा नेकेड भर्सन तथा स्पोर्टि फेयरिङ भर्सन गरि ३ मोडलमा उत्पादन गरिएको छ । सुजुकीले आफ्ना सम्पूर्ण उत्पादनमा ५ वर्षसम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ ।

पोखरा क्षेत्रलाई नेपाली बाइक सौखिनहरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । त्यसकारण पनि सुजुकीले आफ्नो पावरफुल मोटरसाइकललाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गरिसकेपछि यसको बिक्री बढ्ने विश्वास कम्पनीको छ । बुधवार दिउसो २ बजेदेखि पोखरा सभागृहमा सञ्चालन भएको कार्यक्रममा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो ।

Gepostet von Surendra Paudel am Mittwoch, 23. Oktober 2019

You might also like

Comments are closed.