पोखरामा हिरा सेमिनार

आर्थिक आवाज
पोखरा, २६ भदौ । जेमोलोजिकल इन्टिच्युट अफ अमेरिका (जेआइए) भारत र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनाका हिरा सम्बन्धी निःशुल्क सेमिनार सम्पन्न भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण संघ कास्कीको व्यवस्थापनमा भएको सेमिनारमा जेआइए भारत शाखाका प्रशिक्षक राहुल लाडीवाल र सिनियर एक्जुकेटर मेहेन्दी हुसेनले सहजीकरण गरेका थिए । गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले सुनचाँदी व्यवसायीको हक हितको रक्षाको लागि प्रदेशले नीतिगत व्यवस्था गर्न बताए । उनले व्यवसायी मैत्री नीति बनाउने धारणा राखे । उनले हिराको सेमिनारले पोखरा र गण्डकी प्रदेशको व्यवयाय प्रर्वद्धनमा सहयोग पुग्ने दावी गरे ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय सचिव तथा आभुषण संघ कास्कीका पूर्व अध्यक्ष किसान सुनारले पोखरामा पहिलो पल्ट हिराको प्रयोगको बारेमा सेमिनार गरेको बताए । एक जना सुनचाँदी व्यवसायी राम्रो र सभ्य हुनु भन्दा पनि समग्र व्यवसायीको प्रर्वद्धन हुनु पर्नेमा जोड दिए । नेपाल सुनचाँदी रत्न तथा आभुषण संघ पोखराका द्वितीय उपाध्यक्ष रविबहादुर विकले सेमिनार व्यवसायीको लागि उपयोगी भएको बताए ।

You might also like

Comments are closed.