पोखरा पोलिटेक्निक ईन्स्टिच्युटमा निशुल्क तालिमको शुभारम्भ

पोखरा १६ लामाचौरमा मा अबस्थित पोखरा पोलिटेक्निक ईन्स्टिच्युट ले बिजुली र पल्म्वीङ्ग बिधा तर्फ निशुल्क तालिम खोलेको छ । बुधबार ईन्स्टिच्युट द्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसिले समाजको हितमा हुने राम्रा काम भए त्यसमा महानगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । मध्यम स्तरका जनता हरु धेरै बेरोजगार भएको हँुदा यस्ता तालिम ले उनिहरु लाई सहयोग पुग्ने उहाँले बताउनु भयो ।
शुरुमा २० जना बिजुली तर्फ र २० जना पल्म्वीङ्ग बिधा तर्फ रहेको कुरा तालिम दिने संस्था का अध्यक्ष पुष्पेन्द्र पाण्डेले जानकारी दिनुभयो । पोखरा पोलिटेक्निक ईन्स्टिच्युटमा हाल सम्म विभिन्न विधामा गरि ६ सय ५ जनाले सीप सिक्ने अबसर प्राप्त गरि आफ्नो जिबिकोपार्जनको बाटो खुल्ला गर्नु भएको कुराको जानकारी संस्था का अध्यक्ष पाण्डे बताउनु हुन्छ ।
साथै यस समय सम्म आइपुग्दा ईन्स्टिच्युटको आफ्नै स्वामित्वमा करिब १ रोपनी १० आना जग्गा भएको र सुबिधा सम्पन्न कार्यशाला, कक्षाकोठा, छात्रावास, मेस, तालिम सामाग्रीहरु लगायतका भौतिक सम्पतिहरुले आफैमा सुसज्जित भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
संस्था का अध्यक्ष पुष्पेन्द्र पाण्डे को अध्यक्षता मा सम्पन्न कार्यक्रमका बिशेष अथिति China Foundation for Poverty Alevation का Country Director श्री जोउ झि झियाङ्ग ले यस्ता कार्यक्रमहरु युवाहरुको लागी लक्षीत गरी संचालन गरिएको हुदाँ देश बिकासको लागी टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको स्वागत संस्थापक बम बहादुर गुरुङ ले गरेका थिए भने कार्यक्रम संस्थापक इन्जिनियर रुद्रनाथ आचार्य ले संचालन गरेका थिए ।

You might also like

Comments are closed.