पोखरा महानगरमा अनियमितता भएको ११ जना वडा अध्यक्षहरुको आरोप

पोखरा । पोखरा महानगरपालिकामा अनियमितता भएको आरोप लगाइएको छ । महानगरपालिकाकै ११ जना वडा अध्यक्षहरुले महानगरलाई यस्तो आरोप लगाएका हुन् ।

आरोप लगाउने वडा अध्यक्षहरु नेपाली काँग्रेसबाट निर्वाचित हुन् । उनीहरुले सोमबार संयुक्त पत्रकार सम्मेलन गरी महानगरमा भएका ‘महानगरपालिकामा भएका आर्थिक लगायतका अनियमितताप्रति‘ गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

महानगरपालिकामा निर्वाचित भएर आएपछि पहिलो वर्ष पहिलो वर्ष पर्ख र हेरको अवस्थामा रहेको, दोस्रो वर्ष धेरै सुभावहरु दिएको तर कार्यान्वयन भएको उनीहरुले आरोप लगाए । तेस्रो वर्ष पनि कुनै उल्लेख्य कामहरु नभएको र चौथो वर्ष पनि महानगरमा कुनै उल्लेख्य काम नहुने लक्षण देखिएको काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।

jutta mela

महानगरबाट कहाँकहाँ अनियमितता भएका छन् भनेर पनि वडा अध्यक्षहरुले १६ वटा बुँदामार्फत प्रस्ट पारेका छन् ।

महानगरपालिकालाई लगाइएको आरोपहरु प्रेस विज्ञप्तिमा हेर्नुहोस् ।

You might also like

Comments are closed.